जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरु, कृयाकलाप रकृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दैगर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे।

महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमासंस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ग्रे लिष्टबाट बाहिर आउनसक्ने बताए ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्ययोजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् ।

बैठकमा सहभागीहरुले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमनतथा सुरपरिवेक्षण, अनुसन्धान तथाअभियोजन, कसूरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपालगत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)को ग्रे लिष्टमा परेको थियो ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका