जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • वाणिज्य बैंक नाफामा कर्जा नोक्सानी व्यवस्थाले भरथेग, २.८१ प्रतिशत वृद्धि हुँदा कुनको कति?

वाणिज्य बैंक नाफामा कर्जा नोक्सानी व्यवस्थाले भरथेग, २.८१ प्रतिशत वृद्धि हुँदा कुनको कति?

आर्थिक शिथिलताले व्यवसाय बढाउन नसक्दा त्यसको असर वाणिज्य बैंकहरुको ब्यालेन्स सिटमा परेको छ।
चालु आर्थिक वर्ष ८ महिनामा वाणिज्य बैंकहरुले पोहोरको सोही अवधिको तुलनामा मुनाफा जम्मा २.८१ प्रतिशतले बढाएका छन्। यो वृद्धि कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण सम्भव भएको हो।

२० वटा बैंकले ८ महिनामा ४३ अर्ब ४९ करोड रुपैयाँ मुनाफा कमाएका छन्। ११ बैंकले नाफा बढाउँदा ९ वटाको भने खुम्चिएको छ।

नेपाल बैंकको नाफा सबैभन्दा धेरै १३२.९ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ४ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ।

राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका कारण नाफा बढेको बैंकरहरूले बताएका छन्। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था घटाएको थियो।

राष्ट्रिय वाणिज्य, हिमालयन, एनआइसी एशिया, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि, सिटिजन्स र प्राइम बैंकको नाफा भने खुम्चिएको छ।

90
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका