जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • गभर्नर सिफारिस समितिले पाएन पूर्णता

गभर्नर सिफारिस समितिले पाएन पूर्णता

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिने आशा गरिएपनि पूर्णता पाउन सकेन । गत चैत १६ गते अर्थमन्त्री पौडेल संयोजकत्वको समिति गठन भएको थियो।

यही वैशाख १० गते दुई सदस्यमध्येका विजयनाथ भट्टराईले असन्तुष्ट हुँदै समिति छाडेका थिए। अर्का सदस्य विश्व पौडेल रहे पनि मन्त्रिपरिषद्ले पुनः १ सदस्य नियुक्त गरेर समितिलाई पूर्णता दिनुपर्ने अवस्था छ।

सोही कारण सोमबार साँझ समितिले पूर्णता पाउने अपेक्षा थियो। गभर्नर सिफारिस समितिलाई पूर्णता दिने विषयमा केही निर्णय भनएको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यससम्बन्धी प्रस्ताव नै नआएको उनको भनाइ छ । राष्ट्र बैंकमा राजीनामा अड्किएपछि सिफारिस समितिले पनि पूर्णता नपाएको देखिएको छ।

गएको १ महिनादेखि गभर्नर नियुक्ति बिथोलिँदै आएको छ। निवर्तमान गभर्नर महाप्रसाद ढुंगानाको कार्यकाल गत चैत २५ गते सकिइसकेको छ।

1005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?