
नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई सिटिजन्स सन्तुलित योजना संचालनका लागि पुस ४ गते देखि इकाई बिक्रीका लागि खुला हुने भएको छ। पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवर्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो चौथो बन्दमुखी योजनाको रकम एक अर्ब रुपैयाँ रहेको छ।
म्युचुअल फण्डमा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना हुने भन्दै यस योजनाले सेयर तथा डिबेन्चरहरुमा लगानी गरी नाफा र जोखिमको सही सन्तुलन राख्ने कम्पनीले जनाएको छ।
योजनाको इकाई खरिद गर्नका लागि ‘मेरो सेयर’ खाता मार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। यस योजनामा सहभागी हुन का लागि न्यूनतम १०० र अधिकतम १ लाख इकाई अर्थात प्रति इकाई १० रुपैयाँको दरले न्यूनतम रकम एक हजार र अधिकतम रकम १० करोड रुपैयाँसम्म खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ। यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १४ प्रतिशत हुने अनुमान गरिएको कम्पनीले जनाएको छ।
सिटिजन्स क्यापिटलले इच्छुक व्यक्तिलाई १ हजार कित्ता देखि दुई लाख कित्ता सम्म आवेदन दिन सकिने जनाइएको छ। संस्थाहरुलाई पनि सक्दो बढी कित्ताको लागि आवेदन दिन सक्नेछन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































