जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • प्रभु बैंकको अनलाइन खाता सुरु

प्रभु बैंकको अनलाइन खाता सुरु

प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवाउपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको उपयोग गर्दै आप्mनो घर,कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाटअझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको छ ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालयसम्म नपुगीकनै आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न, अनलाईन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको ‘इलष्लिभ ब्रअ इउभलष्लन’बटन क्लिक गर्नुपर्नेछ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाईन खाता सम्बन्धी सेवाबाट ग्राहक महानुभावहरुको समय बचत हुने तथा विना झण्झट आप्mनो समय अनुकुल आफु रहेको स्थानबाट अनलाईन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गर्न सकिने भएकोले अधिकतम ग्राहकहरुले सेवा पाउने बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

5370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका