जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • एन आई सी एशिया बैंकको ५ नयाँ शाखा

एन आई सी एशिया बैंकको ५ नयाँ शाखा

ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहत जिल्लामा १ गरि ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद माननीय नारायण सिलवालबाट,नार्गजुन नगरपालिका वडा नं.३ ठुलो भ¥याङ्ग स्थित ठुलो भ¥याङ्ग शाखा कार्यालयको बंैकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलबाट, नार्गजुन नगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीबाट,काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिल स्थित चाबहिल शाखाको सोहि वडाका वडा अध्यक्ष शुद्ध कुमार डंगोलबाट, रौतहत जिल्लाको गुजरा नगरपालिका वडा नं. ९, रौतहत स्थित सिम्राभवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुनबाट तथा रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४, गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कंचन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा लाल बहादुर थापालाई नियुक्त गरिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

7610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका