जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैँकको दिनमा चार शाखा सञ्चालनमा

महालक्ष्मी विकास बैँकको दिनमा चार शाखा सञ्चालनमा

महालक्ष्मी विकास बैंक लि. ले आफ्ना शाखाहरु देशभर विस्तार गरी बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा थप चार शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले दुई नयाँ शाखा कार्यालयहरु क्रमशः रुपन्देही जिल्ला, ओम सतीया गाउँपालिका वडा नं १, स्थित ठुटीपिपल शाखा तथा रुपन्देही जिल्ला, रोहिणी गाउँपालिका वडा नं ३ स्थित धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा तथा धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं ४, स्थित जनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ । उल्लिखित शाखाहरु सञ्चालनमा आए पश्चात् बैंकको कुल शाखा संख्या ८९ पुगेको छ ।

शाखा कार्यालय विस्तार गर्नुका साथसाथै यस बैंकले नयाँ खोलिएका शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन कार्यक्रम पनि निरन्तर रुपमा अघि बढाइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले सप्तरी जिल्ला, रुपनी गाउँपालिका वडा नं १ स्थित रुपनी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको थियो ।

शाखाको उद्घाटन रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दीप प्रज्वलनका साथ गर्नु भएको थियो ।

बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता

जनाएको छ ।

8640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका