जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको कार्डबाट भाटभाटेनीमा सपिङ गर्दा १० प्रतिशतसम्म नगद फिर्ता

माछापुच्छ्रे बैंकको कार्डबाट भाटभाटेनीमा सपिङ गर्दा १० प्रतिशतसम्म नगद फिर्ता

माछापुच्छ्रे बैंकको कार्ड बोक्ने ग्राहकले देशभरका भाटभाटेनी सुपर मार्केटमा सपिङ गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा बैंकले ग्राहक लक्षित यस्तो बम्पर योजना ल्याएको हो ।

यो योजना आज (असोज १२) देखि शुरु भएको कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ । बैंकले एकजना नयाँ कार्डधारीलाई अधिकतम ४ हजार रुपैयाँसम्म नगद फिर्ता दिनेछ भने पूराना कार्डधारीलाई ३ हजार रुपैयाँसम्म फिर्ता गर्नेछ ।

बैंकका ३ लाख कार्ड प्रयोगकर्ता छन् । एकजना कार्डधारीले ३ देखि ४ हजार रुपैयाँ फिर्ता पाउने भएकाले सबै ग्राहकले कार्ड प्रयोग गरेर भाटभाटेनीबाट सामान किनेभने बैंकले १ अर्ब रुपैयाँको हाराहारीमा फिर्ता गर्नुपर्ने हुन्छ । सबै प्रकारका कार्डधनीले यस्तो सुविधा पाउने छन् ।

ग्राहकलाई कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अनुसार कार्डधारीलाई दशैं, तिहार र छठ जस्ता महान पर्वहरुको अवसरमा विशेष छुटको व्यवस्था गरिएको डेपुटी सीइओ सन्तोष कोइरालाले जानकारी दिए ।

‘सरकारको डिजिटल कारोबार बढाउने अभियानमा हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौं,’ कोइरालाले क्लिकमाण्डूसँग भने ।

माछापुच्छ्रे बैंकका ग्राहकले कार्डको प्रयोग गरी भाटभाटेनीमा लुगा/जुत्ता लगायतका सामान किन्दा १० प्रतिशत नगद फिर्ता पाउँछन् भने अन्य घरयासी सामान किन्दा ५ प्रतिशत छुट पाउँछन् । यस्तो छुट पाउनका लागि कम्तिमा १ हजार रुपैयाँको सामान किन्नुपर्ने छ ।

‘हामीले भाटभाटेनीमा स्टल नै राखेर काम गरिरहेका छौं,’ कोइरालाले भने, ‘हाम्रो यो स्किमले किनमेलको रौनक छाएको प्रष्ट देख्न सकिन्छ ।’

बैंकिङ कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २०औं बर्षमा प्रवेशको उपलक्ष्यमा माछापुच्छ्रेले असोज महिनाभरी सम्पूर्ण शाखाहरुमार्फत् विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरिरहेको छ ।

बैंकले ग्राहकलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्ने र डिम्याट खाता तथा मेरो सेयर खाता निःशुल्क रुपमा खोलिदिनेछ ।

त्यसैगरी, यो योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत र गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।

देशभर बैंकका १३७ वटा शाखा, १२८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २६५ स्थानबाट र १६० वटा एटीएमहरुमार्फत् ग्राहकलाई बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।

8315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?