महाराजगंज स्थित अन्तराष्ट्रिय बाल मैत्री हस्पिटलमा उपचारको क्रममा ११ बर्षिय बच्चाको मृत्य भएपछि आफन्तहरु आक्रोशित भएका छन् ।
आक्रोशित आफन्तहरुले छानविन समिति गठन गरि दोषीलाई कारबाहीको माग गरिरहेका छन् । बच्चा भर्ना भएसँगै सातौं दिनसम्म निरन्तर आइसीयू र भेन्टिलेटरमा राखी आज बिहान एक्कासी बच्चाको मृत्यू भएको बताइएको थियो ।
काठमाडौं स्थित कपन घर भएकी लिला खतिवडाकी ११ बर्षिय छोरी कृष्णा खतिवडालाई निमोनियाको आशंकामा गत असोज १९ गते अन्तराष्ट्रिय बाल मैत्री हस्पिटलमा भर्ना गरिएको थियो ।
उपचारमा संलग्न डाक्टरहरुको गम्भिर लापरवाहीका कारण बच्चाको ज्यान गएको आफन्तहरुको भनाई छ । आफन्तहरुले हस्पिटलको गेटमा धर्ना दिइरहेका छन् ।
डाक्टरहरुको लापरवाहीका कारण बिरामीको मृत्यू भएको आमा लिला खतिवडाले न्यूज अभियानलाई रुदैँ बताउनु भयो ।
बच्चाको के कारणले मृत्यू भएको भन्नेबारेमा उपचारमा सम्लग्न डाक्टरहरु र हस्पिटल ब्यावस्थापन कोही पनि बोल्न चाहेन् । अन्तराष्ट्रिय बाल मैत्री हस्पिटललाई अहिले प्रहरीले सुरक्षा घेरामा रहेको छ ।