भारतको आईसीआईसीआई बैंक नेपाल आउने भएको छ । आईसीआईसीआईले नेपालमा प्रतिनिधि कार्यालय खोल्न लागेको हो । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिएर अन्य आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।
आईसीआईसीआई भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक हो । सन् १९९४ मा खुलेको बैंकको भारतभर ४ हजार ८ सय ८२ वटा शाखा छन् भने १५ हजार १ सय १ एटीएम छन् । बैंकको कुल सम्पत्ति साढे १२ खर्ब रहेको छ ।