गुडवील फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् । तुलाधर आगामी चार वर्षे कार्यकालका लागि नियुक्त भएको जानकारी कम्पनीले दिएको हो । उनलाई कम्पनीको माघ २ गतेको सञ्चालक समितिको बैठकले पुनः नियुक्त गर्ने निर्णय गरेको जानकारी कम्पनी सचिव स्वयम्भू शाक्यले दिएका छन् ।