प्रभु बैंकले पहिलो ६ महिनामा खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ गरेको छ। यो ४.२१ प्रतिशतको वृद्धि हो। बैंकले पछिल्लो तीन महिनामा मात्रै ४५ करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ।
बैंकको ब्याज आम्दानी र ब्याज खर्चको वृद्धि लगभग बराबरी छ। ब्याज आम्दानी १४.६४ प्रतिशतले बढ्दा खर्च १५ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी भने १४ प्रतिशतले बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
बैंकले एक वर्षको अवधिमा निक्षेप १० अर्बले बढाएर १ खर्ब १५ अर्ब रुपैयाँ पुर्याएको छ। ऋण विस्तार ८ अर्ब ५८ करोडले बढाएर ९४ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ।
बैंकको खराब कर्जाको अनुपात २.४७ प्रतिशतबाट ३.१२ प्रतिशतमा उक्लिएको छ। स्प्रेड दर सामान्य ४.८७ बाट ४.८३ प्रतिशतमा झरेको छ। बैंकको आधार दर ९.३७ प्रतिशतबाट ९.४५ प्रतिशतमा पुगेको छ।