![लकडाउन अवज्ञा गर्नेहरुलाइ कारवाही हुन्छ :राजेन्द्र खडका](http://aarthikbazarnews.com/wp-content/uploads/2020/04/unnamed-2-2.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
बुढानिलकण्ठ नगरपालिका वडा न.२ ले लकडाउन पुर्ण पालन गर्ने र पसलहरु खोल्ने समयसीमा बारे आज एक सुचना प्रकाशित गरेको छ ।घरबाट बाहिर ननिस्कन,अनावश्यक आवतजावत नगर्न वडा अध्यक्ष राजेन्द्र खड्काले अनुरोध गर्नुभएको छ ।
साथै औषधि पसल बाहेकका फलफुल,तरकारी र खाद्यान्न आदिका पसलहरुलाइ बिहान ५:०० बजे देखि ९:०० बजे सम्म मात्र खोल्न दिने निर्देशन जारी भएको कुरा बताउनु हुँदै उहाले अब लकडाउन उलंघन गर्ने मानिसहरूलाई कारबाहिको दायरामा ल्याइने बताउनु भएको छ ।
साथै स्थानीय स्वयंसेवक र टोलसुधार समाजहरुलाइ आ-आफ्नो क्षेत्रमा लकडाउन पुर्णरुपमा पालना गराउन तर्फ लाग्न उहाले अनुरोध गर्नुभएको छ ।