अन्तरवार्ता
कोरोना बीमा गरौ, आफू पनि सुरक्षीत रहौंः परिवारलाई पनि सुरक्षीत राखैं
दिप प्रकाश पाण्डे, सीइओ, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, एवं अध्यक्ष, नेपाल बीमक संघ
![कोरोना बीमा गरौ, आफू पनि सुरक्षीत रहौंः परिवारलाई पनि सुरक्षीत राखैं](http://aarthikbazarnews.com/wp-content/uploads/2020/04/Deep-Praksh-Pandye-1-768x432-1.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
दिप प्रकाश पाण्डे चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । नेपालको बीमा क्षेत्रमा पाण्डे अग्रह स्थानमा आउने नाम हो । करिब २ दर्शक बीमा क्षेत्रमा बिताएका पाण्डे सालिन स्वभाव र सोच विचार गरेर निर्णय गर्ने सीइओहरुको सूचि भित्र पर्ने नाम हो । अत्यन्तै भद्रभलादमी र बीमा विज्ञका रुपमा पाण्डेलाई बीमा बजारले हेर्दै आएको छ ।
२ दर्शक बिमा क्षेत्रको अनुभव हासिल गरेका दीपप्रकाश पाण्डेले स्थापना काल (११ बर्ष)देखि शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पद सम्हाल्दै आएका छन् । एभरेस्ट इन्स्योरेन्समा करिब १० वर्ष उच्च पदमा रहेर काम गरेको अनुभव सगाँलेका पाण्डेले शिखर इन्स्योरेन्सलाई नयाँ उचाईमा पु¥याएको प्रस्टै देखिन्छ ।
नेपाल अहिले कोरोना भाईरसका कारण लकडाउनमा छ । सबै नेपाली घर भित्रै छन् । यस्तो अवस्थामा बीमा कम्पनीहरुले कसरी सेवा दिएका छन् । अब बीमाका चुनौती र अवसर के कस्ता छन् ? बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा कस्तो हो ? माइक्रो इन्स्योरेन्स कस्तो हो । यी र यस्तै बिषयमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सीइओ एवं नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यसंग गरेको कुराकानीः
० अहिले विश्वभरी कोरोना भाईरसका कारण लाखौ मान्छेले ज्यान गुमाएका छन् । लाखौ लाख कोरोनासंग लडिरहेका छन् । यसको असर नेपालमा पनि परेको छ । नेपालमा पनि केही कोरोना भाईरसका संकेत देखिएका छन् । यो विशम अवस्थमा बीमा कम्पनीहरुले कोरोना बीमा शुरु गरेका छन् । यो कस्तो बीमा हो सीइओ साब ?
यो माईक्रो इन्योरेन्स हो । मान्छेलाई यो रोग लाग्यो भने बिल भौचर नमागी तत्कालै दाबी भुक्तानी गर्न सक्ने बीमा लेख हो । कोरोना पोजेटिप भएपछि पाइने बीमा नै कोरोना बीमा हो नि । कोरोना लागेका मान्छेलाई राज्यले उपचार गर्ने गर्दछ त खर्च गर्ने पैसा चाही बीमा कम्पनीले दिने बीमा यसलाई मान्न सकिन्छ नि ।
कोरोना भाईरस बीमालेख अन्तरगत दुई किसिमका बीमालेख छन् । एउटामा बिमितले दाबी भुक्तानी स्वरुप १ लाख र अर्कोमा ५० हजार रुपैयाँ पाउँने व्यवस्था गरिएको छ ।
यसमा बीमाको बीमा शुल्क धेरै छैन । सबैभन्दा पहिला ५० हजार रुपैयाँको बीमालेखको कुरा गरौं । यो बीमालेखमा पनि एक्लै वा परिवारका सवै सदस्यको बीमा गराउन पाइने सुविधा छ ।
कसैले आफ्नो मात्रै बीमा गराउन चाहनु भयो भने ५ सय रुपैयाँ तिरेर बीमा गराउन सक्नुहुन्छ । यस्तो बीमालेखको अवधी एक वर्षको हुन्छ । परिवारका सदस्यको नै बीमा गर्ने हो भने प्रतिव्यक्ति ३ सय रुपैयाँमै बीमा गराउन सकिन्छ ।
अब १ लाख रुपैयाँ दाबी भुक्तानी पाइने बीमालेखको कुरा गरौं । यसको बीमाशुल्क एकजनाको मात्रै गर्दा १ हजार रुपैयाँ तिर्नुपर्छ । परिवारका सवै सदस्यको बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले जतिजनाको बीमा गराउने हो त्यति रकम बीमा शुल्क तिर्नुपर्छ ।
कथम् कदाचित कोरोना संक्रमितको मृत्यू भएमा आश्रित परिवारले दाबी भुक्तानी पाउँछन् ।
कोरोना संक्रमितको परीक्षणसहित सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भनेको छ । त्यसैले बीमाबाट पाएको रकम औषधी उपचार वा अन्य उपचार प्रयोजनमा खर्च गर्नुपर्दैन । यो रकमले विरामी वा उसका आश्रित परिवारले आवश्यक परे खर्च गर्न सकिन्छ नि भूपेन्द्रजी ।
० सीइओ साब यस्तो अवस्थामा बीमाको बीमा लेख कति जति भएको अवस्था अहिले छ त ?
राम्रो भएको छ । करिब ८ लाख ८३ हजारको बीमा भएको तथ्याङ्क छ । ४ लाख २५ हजार बीमा लेख त हाम्रो शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा भएको अवस्था छ । यो कोरोना महामारीका बीच पनि जनतालाई राहत होस भनेर बीमा कम्पनीले शुरु गरेको अवस्था चाहि छ ।
० कोरोना बीमाको दाबी भुक्तानी चाही कसरी गरिन्छ त सीइओ साब ?
मैले अगाडी नै भनिसके यसमा कोरोना पोजेटिभ देखिएपछि तुरुन्तै प्रदान गर्ने बीमा लेख हो । यसमा बिल भरपाई कुनै आवश्यकता पर्दैन ।
कोरोना भाइरस बीमा अरु स्वास्थ्य बीमा जस्तो होइन । यसमा कोरोना लागे नलागेको प्रमाणपत्र दिनुपर्दैन । अरु स्वास्थ्य बीमामा भने निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ । वा भएका दीर्घकालिन रोगको बारेमा खुलाउनु पर्छ । केही पर्दैन ।
कोरोना भाइरस बीमा गराएपछि बीमा गराएको १५ दिनसम्म कोरोना संक्रमण भएको पीसीआर रिपोर्टमा देखियो भने बीमा दाबी रकम पाइदैन । तर, बीमा गराएको १६ दिनदेखि १ वर्ष्भित्रमा पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो भने प्रतिव्यक्ति जति रकम (५० हजार वा १ लाख रुपैयाँ) को बीमा गरिएको छ, त्यति रकम सम्बन्धित बीमा कम्पनीले स्वतः दाबी भुक्तानी दिन्छन् ।
बीमा दाबी रकम कोरोना संक्रमण भएको पीसीआर रिपोर्टबाट पुष्टी हुने वित्तिकै पाइने भएकोले संक्रमणबाट निको भएपनि पाइन्छ । त्यसकारण बीमा लेखबढेको छ नि ।
० कोरोना बीमामा चाहि पुर्नबीमा गरिन्छ कि गरिदैन त ?
यसमा पुर्नबीमा गरिदैन । अरु बीमा योजनामा जस्तो कोरोना भाइरस बीमामा पुनर्बीमा भएको छैन । यो बीमा योजना नेपालको आन्तरिक बीमा जस्तै हो । बीमा समितिसँगको समन्वयमा पुलमार्फत सबै निर्जीबन बीमा कम्पनी र नेपालमा रहेको एकमात्र पुनर्बीमा कम्पनीको सहभागितमा यो कार्यक्रम संचालनमा ल्याइएको हो ।
कोरोना बीमाको जतिपनि बीमालेख विक्री हुन्छ, त्यसबाट आएको बीमाशुल्कमा पुनर्बीमा कम्पनीले २० प्रतिशत र अरु २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४र४ प्रतिशतका दरले बीमा शुल्क लिन्छन् । र, दाबी भुक्तानी गर्नु परेको अवस्थामा पनि सोही विधि अनुसार भुक्तानी हुन्छ नि ।
० नेपालको नम्बर १ बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले कोरोना कोषमा कति सहयोग गर्नु भएको छ त ?
बीमा कम्पनीहरुले रकम राज्य कोषमा दिइरहेका छन् । हामीले पनि यसबारे अध्ययन गरिरहेका छौं । हामी पनि यहि समाज भित्रै मान्छे हौं । हामीले समाजलाई अप्ठ्यारो र गाह्रो पर्दा सबै सहयोग गरेका छौं । शिखर इन्स्योरेन्सले रोगथामका केही सामान दिएका चाहि छौ नि ।
० यो विषम र अप्ठ्यारो अवस्थामा तपाईको शिखर इन्स्योरेन्सले चाहि कस्तो सेवा दिइरहेको अवस्था छ त ?
हामीले कोरोना बीमाका सुविधा देखि बीमकहरुको घरमै गएर हामी भुक्तानी गरेको अवस्था छ । चितवनमा गएर गाई बस्तुको दाबी भुक्तानी समेत गरिएको छ । यो बिचमा करिब २÷३ सय दाबी भुक्तानी दिएको अवस्था छ । नयाँ बीमा गर्न आउने बीमकलाई पनि डिजिटल प्रविधि मार्फत बीमा गरिएको अवस्था छ ।
० कोरोना भाईरसबाट नेपाल लकडाउनमा छ । यो लकडाउनले बीमा क्षेत्रमा कस्तो असर पर्ला त ?
असर गर्दछ र बिश्व बजारमै असर परेपछि नेपालमा नपर्ने कुरा नै भएन । नयाँ बीमा लेख आएका छैनन् । दाबी भुक्तानी गरेका पनि छौं । आम्दानी घटेको छ ।
कुनैपनि किसिमका समस्या परेको बेलामा बीमाले साथ दिन्छ भनेर बीमा गराउने गरिन्छ । महामारी आफैमा समस्या हो । बीमा क्षेत्रले महामारीको बेलामा पनि बिमितलाई सहज होस् र बीमाको तर्फबाट पनि केही न केही योगदान गरौं भन्ने हिसावले कोरोना बीमा योजना ल्याइएका छौं ।
बीमा भनेको आफैमा व्यवसाय मात्र नभएर सेवा पनि हो । सोही कारण अहिले बीमा कम्पनीहरुलाई घाटा नै भएपनि बीमा गराउँन आवश्यक छ भन्ने महसुस गरेर यो बीमा योजना ल्याएको हो भूपेन्द्रजी ।
० सीइओ साब हामीले राजनीतिका परिवर्तन देख्यौ । समाजका परिवर्तनका कुरा, भूकम्प, नाकाबन्दी पनि देख्यौ तर जीवनमै नदेखेको अदृश्य शक्ति कोरोना भाईरसका कारण हामीले नेपाली लकडाउनमा छौं । यसले के पाठ सिक्न सकिन्छ ?
अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नु भयो । जीवनमा नयाँ चीज आयो एउटा कुरा अर्को कुरा यसबाट पाठ सिक्दै अब हामीले आत्म निर्भर हुनुपर्दछ भन्ने पाठ सिकाएको पक्कै छ । अब कृषिका उत्पादन शुरु गर्नु प¥यो । कृषिको उत्पादनलाई स्टोर गर्ने कारखाना खोल्नुप¥यो र त्यसबाट बजारमा पु¥याउने व्यवस्थाको तयारी गर्नुप¥यो । तपाईलाई थाहा छ । नेपालमा फलफूल र तरकारी किसानको खेतवारीमा कुहिएको छ । त्यसलाई बचाउनु प¥यो । त्यसका लागि नियम कानून ल्याएर भएपनि काम अब शुरु गर्नु पर्दछ । बाहिर विदेश गएको लाखौ जनशक्तिलाई विकास निर्माण देखि कृषिसम्ममा जागरुप बनाउनु आजको पहिलो आवश्यकता हो । हाम्रा निजीवन बीमा तर्फ कम्पनी ४२÷४५ अर्ब पैसा छ । यसलाई चलायमान गर्नु पर्दछ नि ।
० कोरोना भाईरसका कारण अर्थतन्त्रमा चाहि कस्तो असर पर्ला त ?
म अर्थज्ञाता त होइन तर, पनि विश्वभरीको अर्थतन्त्र विग्रेको छ । नेपालको नबिग्रिने त कुरै भएन । पर्यटन व्यवसायमा ठूलो धक्का परेको छ । उद्योग धन्दा बन्द छन् । आम्दानीका सबै बाटो बन्द भएपछि त देशको अर्थतन्त्रमा असर पर्ने नै छ । त्यसकारण आत्तिन्नु हुँदैन । मैले चाही आत्तिहाल्नु पर्ने अवस्था देखेको छैन । सकारात्मक सोच राखै हिजो भुकम्पबाट पनि हामी यो ठाउँमा आयो जीवन रहे सबै चीज त गर्न सकिन्छ नि ।
० अन्त्यमा ग्राहक, शेयरधनी, प्रोमोटर र करोडौं जनतालाई केही भन्नु छ ?
कोरोना भाइरस संक्रमबाट जोगिने भनेको सामाजिक दूरी कायम गरेर नै हो । यो कुरा सामान्य जस्तो लागेपनि यसमा कसैले लापरबाही गर्नुहुँदैन ।
कोरोना भाइरस सबैजना सकेसम्म जोगिनु पर्छ, तर कथम कदाचित कसैलाई संक्रमण फैलिएको अवस्थामा भने कोरोना बीमाले राहत प्रदान गर्छ । अहिले शिखर इन्स्योरेन्स कम्पनीकै अधिकांश कर्मचारीहरु यस बीमा योजनामा सहभागी भइसकेको अवस्था छ नि ।