आर्थिक विशेष
अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ गभर्नर अधिकारी
![अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ गभर्नर अधिकारी](http://aarthikbazarnews.com/wp-content/uploads/2020/05/photo.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी अधिकारीले व्यवासायीले व्याज मिनाहाको कुरा उठाए पनि त्यसको समाधान तत्काल गर्न नसकिने बताएका हुन् । दैनिक आफुसमक्ष पनि धेरै उद्योगी व्यवसायीले व्याज मिनाहाको माग उठाउने गरेको बताउँदै उनले अहिले त्यसको कार्यान्वयन गर्न कठिन रहेको उनको भनाइ छ ।
‘अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ,’ उनले भने । वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको बताउँदै पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको उनले बताए ।
बैंक तथा वित्तीय क्षेत्रले बैशाख २१ गतेसम्म ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उनकाे भनाइ छ । उनका अनुसार बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा मध्ये कृषि क्षेत्रमा कुल कर्जाको ७.०४ प्रतिशत अर्थात कर्जा प्रवाह २ खर्ब २० अर्ब ४३ करोड रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा ५ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको छ ।