जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • छपाइ प्रकाशन तथा सञ्चार गृह मध्यम प्रभावितमा वर्गीकरण

छपाइ प्रकाशन तथा सञ्चार गृह मध्यम प्रभावितमा वर्गीकरण

नेपाल राष्ट्र बैकले कोभिड(१९ ले कस्ता ब्यापार ब्यवसाय कति प्रभावित भए भनेर वर्गीकरण गरेको छ। मौद्रिक नीति कार्यान्वयन गर्न सोमबार जारी निर्देशनमा राष्ट्र बैंकले वर्गीकरण गरेको हो।

अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्न सक्ने असर तथा उद्योग ब्यवसायको पुनरुत्थानमा लाग्न सक्ने समय आदिका अध्ययनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरिएको राष्ट्र बैंकले स्पष्टीकरण दिएको छ।

अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित भनेर वर्गीकरण गरिएको छ।

पर्यटन क्षेत्रमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टूर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा, होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होस स्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, बन्यजन्तु आरक्षणलाई अति प्रभावितमा राखिएको छ।

यसैगरी साहसिक पर्यटनसँग सम्बन्धिका साथै गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, केवलकारलाई पनि अति प्रभावितमा राखिएको छ। हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, रिक्रियसन सम्बन्धि ब्यवसाय, पार्टी प्यालेस पनि यसमा पर्ने छन्। चलचित्र उत्पादन तथा वितरणका साथै सिनेमा हल, रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार तथा कर्मची पनि पर्ने छन्।

तरकारी फलफुल, पुष्प, माछामासु, दुधजन्य उत्पादनलगायतका ब्यवासय, तयारी पोशाक, हस्तकला, सीपमूलक ब्यवसाय, बैदेशिक रोजगार, शैक्षिक परामर्श सेवा प्रदायकलाई पनि अति प्रभावितमा राखिएको छ।राष्ट्र बैंकले विज्ञापन सेवा, औषधि बिक्री वितरण, पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धि ब्यवसाय, आयातजन्य ब्यापारलाई न्यून प्रभावितमा राखेको राष्ट्र बैंकले विज्ञापन सेवा, औषधि बिक्री वितरण, पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धि ब्यवसाय, आयातजन्य ब्यापारलाई न्यून प्रभावितमा राखेको छ।

9170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?