नेपाल फाईनान्सले मङ्सिर ४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँले हुन आउने १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रदमा मङ्सिर २४ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । कार्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
यो हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३० करोड पुग्ने छ । त्यसपछि कम्पनीले पुन: १७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । १७५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड पुग्ने छ । फाइनान्स कम्पनीहरुले न्युनतम ८० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने ब्यबस्था छ ।