जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सम्झौंता, उद्यम गर्नेले सहुलियत कर्जा पाउने

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सम्झौंता, उद्यम गर्नेले सहुलियत कर्जा पाउने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खजुरा गाउँपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौंता भएको छ। सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरे।

सम्झौता पछि गाउँपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरेर कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ भने बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ।

बैंक प्रवन्धक सुवेदीले कर्जाले निर्वाहमुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए। अध्यक्ष कक्षपतिले सहुलियत कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए।

6795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?