जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • सनराइजमा खाता खोल्न अझै सजिलो, अनलाइनबाटै तुरुन्तै सनराइज स्मार्ट बचत खाता खोल्न सकिने

सनराइजमा खाता खोल्न अझै सजिलो, अनलाइनबाटै तुरुन्तै सनराइज स्मार्ट बचत खाता खोल्न सकिने

“स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियान अगाडी बढाउदै आएको सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई प्रिथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी सनराइज स्मार्ट बचत ल्याएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइट http://onlineservices.sunrisebank.com.np/account/default मा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका सनराइज स्माट बचत खाता” शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ । कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सन्राइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ । बिस्तृृत जानकारीको लागी Toll Free no. 1660 0122 444 मा सम्र्पक गर्न सकिने बंैकले जनाएको छ ।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका