जोडिनुहोस
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया बैंकका लगानीकर्ताले २० प्रतिशत लाभांस पाउने, यस्तो र सेयर र नगदको अनुपात

एनआईसी एशिया बैंकका लगानीकर्ताले २० प्रतिशत लाभांस पाउने, यस्तो र सेयर र नगदको अनुपात

एनआईसी एशिया बैंकले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांस दिने भएको छ । बैंकको २३ औं वार्षिक साधारण सभाले गत आवको नुनाफाबाट १९ प्रतिशतथ बोनस सेयर र १ प्रतिशत नगद लाभांस पारित गरेको हो । बैंकको आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा उक्त सभा सम्पन्न भएको छ ।

बैंकले १९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

9200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका