![सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट](http://aarthikbazarnews.com/wp-content/uploads/2020/12/IMG20201215122427_20201216163421-1024x576.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रालि नयाँबानेश्वरबिच बैंकका ग्राहकलाई विभिन्न तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक र उनीहरूका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।