जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो माघ १५ मा साधारणसभा, चुक्ता पुँजी ३० करोड ८२ लाखले बढ्ने

नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो माघ १५ मा साधारणसभा, चुक्ता पुँजी ३० करोड ८२ लाखले बढ्ने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १५ गते वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले साधारणसभामा लाभांश प्रस्ताव गर्दैछ।

कम्पनीले चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। यसँगै कर प्रयोजनका लागि एक करोड ६२ लाख रुपैयाँ प्रस्ताव गरेको छ।

कम्पनीको बोनस सेयर पारितपछि चुक्ता पुँजी ३० करोड ८२ लाख रुपैयाँले बढ्दैछ। कम्पनीले गत वर्ष पनि १०.५३ प्रतिशत लाभांश दिएको थियो।

कम्पनीले गत आर्थिक वर्ष ३९ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको नापा ११ करोड ८३ लाख रुपैयाँ छ

8000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?