जोडिनुहोस
बुधबार, कार्तिक २१, २०८१
बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकका प्रमुख कार्यकारीले बुझे एक करोड ५५ लाख रुपैयाँ तलब भत्ता,

सिद्धार्थ बैंकका प्रमुख कार्यकारीले बुझे एक करोड ५५ लाख रुपैयाँ तलब भत्ता,

सिद्धार्थ बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा एक करोड ५५ लाख १७ हजार रुपैयाँ तलब भत्तालगायत भुक्तानी गरेको छ।

अघिल्लो वर्षको तुलनामा प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको तलब सुविधा करिब ४ लाख रुपैयाँले बढेको छ। यद्यपि यसमा नाफाबाट पाइने बोनस जोडिएको छैन।

बैंकले माघ १६ गते वार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार बैंकले सञ्चालकहरुलाई बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य खर्चबापत ५२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले गत वर्षको मुनाफाबाट तीन प्रतिशत नगद लाभांश, १२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। अहिले पुँजी ९ अर्ब ७८ करोड छ। बोनस सेयर वितरणपछि पुँजी १ अर्ब १७ करोडले बढ्ने छ।

4865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका