सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोलक्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजन गर्ने भएको हो ।
यस्ता छन् “ग्लोबल मनी विक” कार्यक्रम
चैत्र ९ गते: प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने,
चैत्र १० गते: प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यूआर कोड मार्फत भुक्तानीको थालनी गरिने,
चैत्र ११ गते: बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने,
चैत्र १२ गते: गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गरिने,
चैत्र १३ गते: लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम गरिने,
चैत्र १४ गते: कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम गरिने,
चैत्र १५ गते: सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गरिने,
यी वित्तिय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरिने बैंकले जनाएको छ । साथै बैंकले आफ्नो सामाजिक संजालमार्पmत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना रहेको छ ।