जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • पठाओले राइडरलाई भन्यो, ‘ज्याकेट र ट्राउजर नलगाई सेवा दिनु’

पठाओले राइडरलाई भन्यो, ‘ज्याकेट र ट्राउजर नलगाई सेवा दिनु’

पठाओले आफ्ना राइडरलाई लोगो अङ्कित कपडा लगाउन रोक लगाएको छ । कोरोना भाइरसका कारण अनिवार्य गरिएको प्रेटेक्टिभ गेयर (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गरिएको पठाओले जनाएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओले राइडर र सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर अनिवार्य गरेको ज्याकेट र ट्राउजर सहितको कपडा तत्कालका लागि बन्द गगरिएको बताएको छ । ‘अफलाइन राइड’ को बिकृति बढेको भन्दै पठओले यसलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालका लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन दिएको हो ।

पठाओ नेपालका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख भए अनुसार अब राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग गर्न पाउने छैनन् । यदि कुनै राइडरले उक्त सूचनालाई बेवास्ता गरे प्रशासनबाट कारबाहीसमेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने बिज्ञप्तिमा उल्लेख छ ।

ज्याकेट र ट्राउजर सहितको कपडा लगाउन नपर्ने भएपनि सेवा भने नियमित रुपमा सञ्चालन हुने पठआले बताएको छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओले सन् २०१९ को अगष्टदेखि कार लाइट (ट्याक्सी) सेवा पनि सुरु गरेको हो । सन् २०२० को सेप्टेम्बरबाट पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा पनि दिँदै आएको छ ।

7045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका