![गोविन्द गुरुङ अब म्यानमार सिटिजन बैंकको सिईओ](http://aarthikbazarnews.com/wp-content/uploads/2021/04/govindra-gurung-civil-bank_20210416174128.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सिभिल बैंकका पुर्व सिईओ गोविन्द गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुने भएका छन् । सिभिल बैंकबाट राजिनामा दिएका गुरुङले मे १ तारिकदेखि उक्त बैंकको सिईओ पद सम्हाल्नेगरि नियुक्ति पाएको बताए ।
नेपाली नागरिकले विदेशी बैंकको प्रमुख पदमा नियुक्ति पाएको सम्भवतः यो पहिलो हुनुपर्छ । सिभिल बैंकको सञ्चालक समितिले आइतबार उनको राजिनामा स्विकृत गरिसकेको छ ।
यता, सिभिल बैंकले म्यानमारमै विभिन्न बैंकमा काम गरिसकेका सुनिल कुमार पोखरेललाई कामु सिईओ नियुक्त समेत गरिसकेको छ ।