आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
रोजगाराको शिलशिलामा दुबईमा काम गर्दै आएका सिग्देलको असामायिक निधन भएको थियो । कम्पनीको दमौली शाखाले मृतक सिग्देलको श्रीमती अनिता पंगेनीलाई उक्र चेक हस्तान्तरण गरेको हो ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका गणडकी प्रदेश प्रमुख सूर्य प्रसाद घिमिरे, शाखा प्रमुख पुरुषोतम पण्डित र चिफ एजेन्सी म्यानेनजरको उपस्थितमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।
सम्बन्धित समाचार
" class="lazy">