बैंकिङ्ग
लकडाउनको समयमा सुरक्षित बैंकिङका लागि ३ उपाय अपनाउन बैंकर्स संघको ग्राहकहरुलाई आग्रह
कोभिड १९ को दोस्रो लहरको प्रकोप रोक्न गरिएको लकडाउनको समयमा बैंकिङ कारोबार गर्दा बिशेष सावधानी अपनाउन बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ग्राहकहरुमा बिशेष आग्रह गरेको छ।
लकडाउन घोषणा गरिएको परिप्रेक्षमा कोभिड–१९ को प्रभाबवाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि बैंकिङ्ग कारोबार गर्दा बिशेष गरि तीन उपाय अपनाउनलाई बैंकर्स संघले बिज्ञप्ती मार्फत आग्रह गरेको छ।
यस विषम परिस्थितिमा सम्भब भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्नलाई बैंकर्स संघले आग्रह गरेको छ। त्यस्तै अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन समेत बैंकर्स संघले आग्रह गरेको छ।
त्यस्तै निषेधाज्ञामा पनि बैंकका शाखा एटिए बुथहरु खुल्ला नै रहने भएकोले इन्टरनेट मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्नलाई समेत बैंकर्स संघले आग्रह गरेको छ।
संघीय सरकारले भोलिदेखि लागू हुनेगरि उपत्यकाका काठमाडौं, भक्तपुर, र ललितपुरमा बैशाख ३१ गतेसम्मलाई लकडाउन घोषणा गरेको छ। त्यस्तै यो समयमा के गर्न पाइने तथा नपाइने भन्ने स्वास्थ्य मापदण्ड समेत निर्धारण गरेको छ।