![सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत](http://aarthikbazarnews.com/wp-content/uploads/2020/05/surya-life.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको उक्त बोनस शेयर वापतको १० लाख ७७ हजार ५६९ कित्ता शेयर सुचिकृत गराएको हो ।
आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीको गत माघ ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित भएको हो ।