नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थिलिलाई मध्य नजर गर्दै कम्पनीले उक्त सहयोग गरेको हो ।
कम्पनीले उद्योग स्थल स्थित हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित वागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्ट्सद्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो ।