जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • गुराँस लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. १० करोड ४२ लाख ९३ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा २४ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. ८ करोड ३७ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी ३९ प्रतिशतले वृद्धि भएकाले नाफा
बढेको हो ।

त्यसैगरी गत आवको तुलनामा यस वर्ष कम्पनीको बीमाशुल्क आर्जन १२२ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. १ अर्ब ३६ करोड ९३ लाख बीमाशुल्क आर्जन गरेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ३ अर्ब ४ करोड ९२ लाख पुगेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी रु. ७ दशमलव ०४, मूल्य आम्दानी अनुपात १०९ दशमलव ३९ र प्रतिशेयर नेटवर्थ रु. १२९ दशमलव ३१ रहेको छ । सोमवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ८१० पुगेको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्तिमा निरन्तरता रहने संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५९ दशमलव ५० बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव १५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ८१० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८०२ मा टेवा पाउने र महँगिए रु. ८२४ मा प्रतिरोध पाउने देखिन्छ ।

7545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका