जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकको एआईमा आधारित ‘एनएमबि सापटी २.०’, २ लाखसम्मको कर्जा ५ मिनेटमै पाइने

एनएमबि बैंकको एआईमा आधारित ‘एनएमबि सापटी २.०’, २ लाखसम्मको कर्जा ५ मिनेटमै पाइने

एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ योजना सार्वजनिक गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालन हुने यो कर्जा सेवा पूर्णरूपमा डिजिटल माध्यमबाट दिइने बैंकले जनाएको छ।

यो कर्जा योजनामा कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना नै गर्न सकिने बताइएको छ।

यो ‘नेपालमै पहिलोपटक’ चौबीसै घण्टा र सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा यसअघि ल्याइएको एनएमबि सापटीको निरन्तरता भएको बैंकले जनाएको छ।

बैंकका अनुसार यस सेवा अन्तर्गत बैंकसम्म नपुगी मोबाइलको प्रयोगबाट आवेदन दिन सकिने र आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ।

एनएमबि सापटी व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिका लागि प्रदान गरिने छोटो अवधिको धितो बिनाको कर्जा हो।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाख रुपैयाँसम्म कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ। ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

7690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका