एमभी अगस्टाको 79.99 लाख मुल्य पर्ने मोटरसाइकल नेपालमा भित्रिएको छ । एसजे मोटोले नेपाल ल्याएको एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको छ ।
एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले शुक्रबार यो बाइक सार्वजनिक गरेका हुन् ।
एमभी अगस्टाको नियो रेट्रो रेसरको विशेष संस्करण मानेको सुपरभेलोस सिरी ओरोको विशेषता भनेको आकर्षक लुक्स र पावर हो ।
नेपाली बजारमा यो बाइकको मूल्य ८६ लाख ९० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यसको बुकिङ पनि खुलिसकेको छ ।