शेयर बजार
चार वर्षमा धितोपत्र बोर्डले पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउँछ: अध्यक्ष ढुङगाना
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आगामी ४ वर्षमा पुँजीबजारलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् ।
शुक्रबार आगामी वर्षका लागि धितोपत्र बजार तथा वस्तु विनिमय सम्बन्धि आगामी नीति तथा कार्यक्रममा सुझाव संकलन गर्दै ढुंगानाले बजारलाई कसरी स्वच्छ, पारदर्शी तथा सूचनालाई कसरी व्यवस्थित गर्ने तथा लगानीकर्ता सबै सही सूचनाको पहुँच व्यवस्थापन कसरी गर्ने भन्ने हुन्छ । कारोबार गर्नका लागि अवसरसँगै कारोबार नीति संगत पनि हुन आवश्यक रहेको बताए ।
उनले बोर्डले नीतिगत सुधारको कामहरु पनि गरिरहेको बताउँदै गत वर्ष राखिएको लक्ष्यमा कोभिडको कारण ८० प्रतिशतमात्र उपलब्धी हासिल भएको बताए । बाँकी २० प्रतिशत आगमी वर्ष पूरा हुने उनको भनाइ छ ।
आगामी बर्षको लागि बोर्डले झण्र्ड १ सय ६० वटा कार्यहरु तय गरेको पनि उनले जानकारी दिए । ती सबै काम बोर्डले समयमै गर्न सकेमा पुँजीबजार ४ वर्ष पछि नयाँ उचाइमा पुग्ने बताए ।
‘अहिलेको तत्काल स्थितीमा ब्रोकरको विषय धेरै आएका छन् । हामीले बोर्डको वार्षिक कार्यक्रममा पनि भनेका थियो । यसमा बोर्डले बैंकलाई वा बैंकका साहयक कम्पनीलाई कसरी लाइसेन्स दिन सकिन्छ र कसरी व्यवस्थित गर्न सकिन्छ ? नेप्से, मन्त्रालय, राष्ट्र बैंकसँग लगायत अन्य स्टेक होल्डरसँग पनि विगत ४ महिना अघिदेखि छलफल भइरहेको छ,’ उनले भने ।
उनले प्रदेश स्तरमा पनि स्टक ब्रोकर र संस्थागत स्टक कसरी दिन सकिन्छ त्यसमा पनि अध्ययन तथा छलफल गरिरहेको बताए ।
‘हामी एउटा मोडालिटीमा गइसेको छौँ । त्यसैले सम्भवत यसको चाँडौ टुङ्गो लाग्छ । पुँजी बजारका लागि आवश्यक कतिपय कामहरु हामीले गरिसकेका छौँ अब, बैंकको सहायक कम्पनी ल्याउने, कमोडिटी ल्याउने, सूचना प्रविधिको विकास र संरचनात्मक विकास, सुसाशन तथा पारदर्शिता बढाउने विषयमा बोर्ड लागेको छ,’ उनले भने ।
बोर्डले आउने वर्ष शुरुवाति वर्ष भएको बताए । अहिलेसम्म नभएको कामहरु आगामी वर्ष सम्पन्न गर्ने गरी काम भइरहेको उनको दावी छ ।
उनले नेप्से र सेबोनको समन्वय कम भएको भन्दै पछिल्लो समय कोभिडका कारण भौतिक उपस्थितीमा काम गर्न सम्भव नहुँदा भर्चुअलमाध्यममा हामी अभ्यस्त नहुँदा समन्वयमा कमी आएको बताए ।