युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालले चालु आर्थिक वर्ष एक अर्ब माथि बीमा शुल्क आर्जन गरेको छ। कोभिड महामारीमा समेत कम्पनी अर्ब क्लबमा प्रवेश गरेको हो।
कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठले सिइओ उपासना पौडेलको नेतृत्वले पहिलो वर्षनै उल्लेखनीय बीमा शुल्क वृद्धि गरेको बताए। गत वर्ष ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो।
कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँबजार प्रवर्द्धन रणनीति, संगठनात्मक संरचनामा सुधारले सफलता हासिल गरेको जनाएको छ।