कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भण्डारीको कार्यकाल सकिएको छ । बैंकको सीईओ सुरेन्द्र भण्डारीको ४ बर्षे कार्यकाल आज असार ३१ गते सकिएको हो ।
त्यस्तै, बैंकको कायममकायम प्रमुख कार्यकारी अधिकृतमा तिमिल्सिेनालाई जिम्मेवारी दिएको छ । भण्डारीको कार्यकाल सकिएपछि आजदेखि नै लागू हुनेगरि तिमिल्सिनालाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
कुमारी बैंकको आज बसेको संचालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सनालाई नियुक्त गरेको बैंकले जनाएको छ ।