रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले मृतक श्रोष्ठको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तनी हस्तान्तरण गरेको हो । कम्पनीले बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका विष्णु कुमार श्रेष्ठको परिवारलाई उक्त रकम दिएको जनाएको छ ।
कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको र भुक्तानी यथाशिघ्र गर्ने कम्पनीको नीति रहेको बताएका छन् ।