जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूबाट बाहिरिए शोभनदेव पन्त, कामु प्रमुख कार्यकारीको जिम्मा श्रवण मास्केलाई

बैंक अफ काठमाण्डूबाट बाहिरिए शोभनदेव पन्त, कामु प्रमुख कार्यकारीको जिम्मा श्रवण मास्केलाई

बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृतबाट शोभनदेव पन्त अवकाश भएका छन्। भदौ ४ गतेबाट कार्यकाल सकिने भएपछि उनी सोमबारबाटै बिदामा बसेका छन्।

मर्जरपछि भने पन्त एक बर्ष बाहिरै बसे। मर्जरपछिको बिओकेबाट अजय श्रेष्ठ अवकाश भएपछि पन्त प्रमुख कार्यकारी अधिकृत बनेका थिए। पन्त चार वर्ष कार्यकाल पूरा गरेर बाहिरिएका हुन्।

उनको बैंकिङमा ३६ वर्षको अनुभव छ। सुधार मिसनका लागि प्रमुख कार्यकारीका रूपमा उनी २०६२ देखि २०७३ सम्म लुम्बिनी बैंक बसेका थिए।

२०४१ सालबाट बैंकिङ करियर सुरु गरेका पन्तले नेपाल राष्ट्र बैंकको विशेष आग्रहमा २०६२ सालदेखि लुम्बिनी बैंकको नेतृत्व लिएका थिए। जुनबेला पन्तले बैंक सम्हालेका थिए, त्यसबेला लुम्बिनीको अवस्था एकदमै नाजुक थियो।

२०५५ बाट सुरु भएको पहिलो निजी लगानीको नेपाली बैंकमा २०५८ देखि नै समस्या सुरु भइसकेको थियो। नेपाल राष्ट्र बैंकले दुई पटक व्यवस्थापन जिम्मा लिएरसमेत सुधार्न नसकेपछि तत्कालिन गभर्नर विजयनाथ भट्टराईले पन्तलाई सुधारको जिम्मा दिएका थिए।

नबिल बैंकबाट करियर सुरु गरेका पन्त त्यसबेला वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन समूहमा थिए।

नेपाल बैंकजस्तै लुम्बिनीको पनि खराब कर्जा ४० प्रतिशतमाथि पुगेको थियो। पन्तले १० वर्ष लगाएर लुम्बिनी बैंक सुधारसँगै लाभांश बाँड्ने अवस्थासम्म पुर्यागएका थिए।

बैंक सञ्चालक समितिले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा श्रवणलाल मास्केलाई दिएको छ।

मास्के सामो समयदेखि पन्तसँगै थिए। उनी लुम्बिनी बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत थिए। बिओकेसँग मर्ज भएपछि यता पनि नायव प्रमुख कार्यकारी अधिकृत भएका थिए।

4580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?