सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजारको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । बैंकका वरिष्ठ प्रबन्धक प्रदीप पन्तले विद्यालयका प्रधानाध्यापक आनन्द ढुंगानालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
बालिकाहरूको शिक्षामा केन्द्रित भई स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ ।
यस अभियानअन्तर्गत विद्यालयका करिब तीन सय विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर पुर्याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास लिएको बैंकले जनाएको छ ।