जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • ग्लोबल आइएमइ ६ वटा प्रदेशमा जग्गा किनेर घर बनाउँदै, नबिल राजधानीमा थप बिस्तार हुँदै

ग्लोबल आइएमइ ६ वटा प्रदेशमा जग्गा किनेर घर बनाउँदै, नबिल राजधानीमा थप बिस्तार हुँदै

ग्लोबल आइएमइ बैंकले प्रादेशिक कार्यालय राख्न विभिन्न ठाउँमा जग्गा किन्ने भएको छ। बैंकले बाग्मतिबाहेक सबै प्रदेशमा आफ्नै घर बनाउनका लागि जग्गा खरीद गर्ने भएको हो।

प्रदेश १ को बिराटनगर र इटहरी, २ को बीरगञ्ज, जनकपुर, बर्दीबास र लाहान, गण्डकीको पोखरा, लुम्बिनीको बटवल र सिद्धार्थ नगर, कर्णालीको बिरेन्द्रनगर र सुदूरपश्चिमको धनगढि र अत्तरीया बजारमा जग्गा खरीद गर्न लागेको हो।

बैंकले जग्गाको क्षेत्रफल कम्तिमा २ कठ्ठा र मुख ३० हातको हुनु पर्ने सर्त राखेको छ। जग्गाधनीले असोज ५ भित्र आवेदन दिनु पर्ने छ।

यता नबिल बैंकले काठमाडौं उपत्यकाका ११ ठाउँमा नयाँ शाखा खोल्ने भएको छ। यसका लागि बैंकले घर खोजेको छ। बैंकले भुँइ तल्ला वा पहिलो तल्ला खोजेको हो। घरको फ्लोर कम्तिमा ८०० देखि १२०० वर्ग फिटको हुनु पर्ने छ।

बैंकले नैकाप, तार्केश्वरको जरङखु, टोखा ग्राण्डी, गोंगबु जलपा, थली डाँछी, साँखु, इमाडोल, ठैब, मंगलबजार, शंखमुल र भगवान पाउमा शाखा खोल्न लागेको हो। घरधनीले १५ बर्षका लागि भाडा दिनु पर्ने हुन्छ। आवेदन असोज ६ गतेभित्र दिइसक्नु पर्छ।

6055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका