जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • नेपाल रिइन्स्योरेन्सले १९ प्रतिशत लाभांश प्रस्ताव गर्यो

नेपाल रिइन्स्योरेन्सले १९ प्रतिशत लाभांश प्रस्ताव गर्यो

नेपाल रिइन्स्योरेन्स कम्पनीले १९ प्रतिशत लाभांश घोषणा गरेकोछ । कम्पनीले यसमध्ये १६.५ प्रतिशत बोनस सेयर दिने छ। बाँकी २.५ प्रतिशत नगद लाभांश दिने छ।

कम्पनीले आर्थिक बर्ष २०७६/७७ सालको नाफाबाट लाभांश दिन लागेको हो। परिमार्जित वित्तीय विवरणका आधारमा लाभांश दिन लागेको हो। 

कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ। कम्पनीले सेयर प्रिमियमबाहेकको वितरण योग्य नाफाबाट लाभांश घोषणा गरेको हो। कम्पनीमा सरकारको ४४ प्रतिशत सेयर लगानी छ। यसपछि बीमा कम्पनीहरुको छ। कुल संस्थापक सेयर ८४ प्रतिशत छ। सर्वसाधारणको १६ प्रतिशत सेयर लगानी छ।

कम्पनीले अघिल्लो आर्थिक बर्ष एक अर्ब १७ करोड रुपैयाँ नाफा गरेको थियो। त्यसपछिको बर्ष एक अर्ब २३ करोड नाफा गरेको थियो। गत बर्षको तेस्रो त्रैमासिक बिवरण मात्र सार्वजनिक गरेको छ। त्यस अनुसार ९२ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो।

5385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका