जोडिनुहोस
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२

हालको खबर

  • होमपेज
  • बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा

बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गरेका छन् ।

आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् ।

आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व रहेको भन्दै उनीहरुलाई सरकारले सहयोग गर्न खोजेको मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले सरकारले पहिलो पटक ५ लाख गरिब परिवारलाई १० हजार रुपैयाँ दिने कार्यक्रममार्फत सम्झिएको पनि दावी गरे । उनले यो रकम कोरोना प्रभावित अति गरिब परिवारलाई दशैं तिहारजस्ता चाडबाडको मुखमा बाँड्ने सरकारको योजना रहेको बताए । कस्ता परिवारले रकम पाउने भन्ने विषयमा मापदण्डको तयारी भएको उनले जानकारी दिए ।

मन्त्री शर्माले अब हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने दावी गरेका छन् । पुँजीगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने पनि उनले बताए ।

‘कुन आयोजनाको प्रगति कहाँ पुग्यो, समस्या भए के छ, निर्माण कम्पनी पुगे नपुगेकोसहितका कार्यहरुको अनुगमन गर्ने गरी संयन्त्र बनाउने मन्त्री शर्माको भनाइ छ ।

सरकारले बजेटको कुल आकार घटाए पनि पुँजीगत खर्च बढाएको भन्दै उनले खर्च प्रभावकारी बनाउन अनुगमनलाई प्राथमिकता दिने बताए

6265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका