जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • संसद अवरोधकै बीच आज बजेट पारित गरिँदै ?

संसद अवरोधकै बीच आज बजेट पारित गरिँदै ?

र्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मंगलबार पारित गरिने भएको छ। बजेटमाथिको छलफल गर्ने समय नभएकाले अधिकांस नियमहरु निलम्बन गरिने छ। बजेट साधारण बहुमतले पारित गर्न मिल्छ।

३० गतेभित्र संसदबाट पारित गरिसक्नुपर्ने  बाध्यता छ। भदौ २५ गते संसदमा पेश गरिएको विधेयक सासंदबाट पास हुन अब थोरै मात्रै समय बाँकी छ।

अर्थमन्त्री शर्माले संसद विघटनपछि सुरु भएको संसद बैठकमा पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट विधेयक पेश गरेका थिए। यो ६० दिनभित्र पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। यदि संसद पेश भएको ६० दिनभित्र पास नभए अनिवार्य निस्क्रिय हुने ब्यवस्था छ।  

प्रतिनिधि सभा बैठक आज १ बजेको लागि बोलाइएको छ। नियमित प्रकृयाबाट जाँदा सरकारले सैद्धान्तिक छलफल, संशोधन र दफाबार छलफल गर्नुपर्ने हुन्छ। समय लाग्ने भएकाले नियम निलम्बन प्रकृयाबाट आज बजेट पारित गरिने छ।

विपक्षीहरुले संसद अबरुद्ध गरिरहेका छन्। अबरोधकै बीच बजेट पारित गर्ने सरकारी योजना छ। त्यसपछि बजेट राष्ट्रियसभामा जाने छ। आर्थिक बिधेयक प्रतिनिधिसभाले पारित गरेपनि पुग्छ। राष्ट्रिय सभाले पारित गरेन भने पनि फरक पर्दैन

2245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका