जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एशियन लाईफको ‘सुनिश्चित आय’ बीमा योजना सार्वजनिक

एशियन लाईफको ‘सुनिश्चित आय’ बीमा योजना सार्वजनिक

एशियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” ल्याएको छ ।

कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लगायतको उपस्थितिमा कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले यो बीमा योजना संचालनमा ल्याईएको कम्पनीले जनाएको छ ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग÷अशक्त सुविधा र बीमाशुल्क छुट सुबिधा थप गर्न सकिने व्यवस्था रहेको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएतापनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क रु.२५,०००  देखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानि गरी बीमा गर्न सकिनेछ । 

यस कम्पनीको चुक्ता पुँजी रु.२ अर्व भन्दा माथि रहेको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्व ४८ करोड भन्दा बढी रहेको छ । साथै यस कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ भने ग्राहक वर्गहरुको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य बीमा योजनाहरु समेत ल्याउने योजना रहेको छ । हाल सम्म कम्पनीले २३ वटा बीमालेखहरु बिक्रिमा ल्याईसकेको छ । 

4495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका