![लुम्बिनी विकास बैंकको लाभांश घोषणा](http://aarthikbazarnews.com/wp-content/uploads/2020/01/Lumbini-Bikash-Bank.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।