महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघ २७ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने बताइएको छ । कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब गर्ने लगायतका प्रस्ताव रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि रहेको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्तापूँजी पुयाउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि उक्त पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।