![एक्सेल डेभलपमेन्ट बैंकको ७० हजार कित्ता संस्थापक शेयर विक्रीमा](http://aarthikbazarnews.com/wp-content/uploads/2021/08/excel.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक शेयर फागुन ८ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले शेखरराज बस्ताकोटीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।