जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • एनआईसी एसिया बैंकको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट, क्यास ब्याक पनि

एनआईसी एसिया बैंकको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट, क्यास ब्याक पनि

एनआइसी एसिया बैंकले नयाँ वर्षका लागि आकर्षक स्किम ल्याएको छ। बैंकले विभिन्न ई-कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको हो।

योजनाअन्तर्गत दराजबाट २०७८ चैत २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तो डिलबाट २०७८ चैत २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले छुट पाउने छन्।

त्यसैगरी सीजी/एलजी डिजिटलबाट २०७८ चैत ३० का दिन २० हजार रुपैयाँभन्दा बढीको सामग्री खरिद गरी एनआइसी एसिया बैंकका ग्राहकले पीओएस तथा ई-कमर्समार्फत भुक्तानी गर्दा २०७९ रुपैयाँ नगद फिर्ता पाउने छन्।

देशमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहनका लागि इ-कमर्स कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको विज्ञप्तिमा जनाएको छ।

एनआइसी एसियाका डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइटमा रहेको आइसर्भमार्फत समयमै आफ्नो कार्डमा ई-कमर्स सक्रिय गराइ यो नयाँ योजनाको अधिकतम फाइदा उठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ।

साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै एनआइसी एसिया मोबैंकमार्फत २०७८ चैत ३० का दिन क्युआर भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा १०० रुपैयाँ नगद फिर्ता गर्ने योजना ल्याएको छ।

एक जना ग्राहकले अधिकतम ३ वटासम्म कारोबार गर्दा नगद फिर्ताको लाभ प्राप्त गर्ने छन्। त्यही दिन क्युआर भुक्तानी गर्ने र क्युआर भुक्तानी लिने १०/१० जना भाग्यशाली ग्राहक र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र त्यस क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्टको अवसर पनि प्रदान गरिने भएको छ।

3935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका