जोडिनुहोस
आइतवार, चैत्र २३, २०८१
आइतवार, चैत्र २३, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंक तथा युवा स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता

सिन्धु विकास बैंक तथा युवा स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता

सिन्धु विकास बैंक लिमिटेड र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन्। यस सम्झौताअन्तर्गत सिन्धु विकास बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगार युवायुवतीलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार–व्यवसाय वृद्धि गर्न प्रतिव्यक्ति रु. २ लाख तथा समूहगत प्रतिसमूह अधिकत रु. ३० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।

युवा स्वरोजगार कार्यक्रमअन्तर्गत कोषले बैंकलाई वार्षिक ४ प्रतिशतका दरले कर्जा प्रदान गर्नेछ भने बैंकले इच्छुक बेरोजगार युवायुवतीलाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महिना अवधिका लागि कर्जा उपलब्ध गराउनेछ।

कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुवैको बैंकमार्फत बीमासमेत गरिदिने व्यवस्था रहेको छ। यसका साथै कर्जाको साँवा तथा ब्याज समयमै तिर्ने असल ऋणीलाई तिरेको ब्याजको ६० प्रतिशतसम्मको रकम कोषले अनुदान फिर्तासमेत गरिदिनेछ।

बैंकले आफ्नो कार्यक्षेत्रभित्र रहेका सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका २४ वटा शाखा कार्यालयमार्फत उक्त कर्जा लक्षित वर्गमा प्रवाह गर्ने जनाएको छ।

4345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका