माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा विशेष छुट पाउने भएका छन् । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरि व्यवसायिक सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रालिको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँर्दै आई रहेको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन्् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।